कतैबाट पनि अर्थमन्त्रीका लागि प्रस्ताव आएको छैन : गगन थापा काठमाडौं, ११ चैत। नेपाली कांग्रेसका महामन्त्री गगन थापाले आफूलाई अर्थमन्त्री बन्न कसैले प्रस्ताव नगरेको बताएका छन्। शनिबार रुपन्देहीमा आयोजित कार्यक्रममा उनले प्रधानमन्त्री पुष्पकमल दाहाल र पार्टी सभापति शेरबहादुर देउवाले अर्थमन्त्रीका विषयमा कुनै प्रस्ताव नगरेको बताएका हुन्। उनले आफ्नो प्राथमिकता कांग्रेसलाई तलैबाट मजबुत बनाउनु रहेको बताए। तीन सयवटा स्थानीय सरकारको नेतृत्व गरिरहेको कांग्रेसलाई जराबाटै मजबुत बनाउन आवश्यक रहेको उनको भनाइ थियो।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्