मनाङ मर्स्याङ्दीले जित्यो तिलोत्तमा गोल्डकपको उपाधि काठमाडौं, ११ चैत। २२ औं तिलोत्तमा गोल्डकप फुटबल प्रतियोगिताको उपाधि मनाङ मर्स्याङ्दी क्लबले जितेको छ। बुटवल देवीनगरस्थित एन्फा टेक्निल सेन्टरको मैदानमा शनिबार सम्पन्न फाइनलमा सुदूरपश्चिमलाई ट्राइब्रेकरमा ९-८ गोल अन्तरले हराउँदै मनाङले उपाधि जितेको हो। उपाधिसंगै मनाङले ११ लाख ११ हजार १ सय ११ रुपैयाँ पाएको छ भने उपविजेता सुदूरपश्चिमले ५ लाख ५५ हजार ५ सय ५५ रुपैयाँ पाएको छ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्