बढीमा पर्सिसम्ममा मन्त्रिपरिषद् विस्तार हुन्छ : देवेन्द्र पौडेल काठमाडौं, ११ चैत। नेकपा माओवादी केन्द्रका सचिव देवेन्द्र पौडेलले पर्सि सम्म मन्त्रिपरिषद् विस्तार भइसक्ने दाबी गरेका छन्। पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा बसेको पार्टीको पदाधिकारी बैठकपछि सञ्चारकर्मीसँग कुराकानी गर्दै उनले मन्त्रिपरिषद् विस्तार गर्न कुनै समस्या नरहेको दाबी गरे। ‘क्याबिनेट विस्तार पर्सिसम्ममा गरेर डेलिभरीका कुरामा अघि बढ्ने छलफल भएको छ,’ पौडेलले भने।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्