वसन्त कुँवरलाई आईजीपी बनाउने सरकारको निर्णय काठमाडौं, १० चैत। नेपाल प्रहरीको महानिरीक्षक (आईजीपी)मा अतिरिक्त महानिरीक्षक (एआईजी) वसन्त कुँवर बढुवा भएका छन्। शुक्रबार अपरान्ह बसेको मन्त्रिपरिषद् बैठकले कुँवरलाई आईजीपीमा बढुवा गरेको हो। विसं २०४९ चैत ११ मा प्रहरी सेवा प्रवेश गरेका हालका आईजीपी धिरजप्रताप सिंह ३० वर्षे सेवाअवधिका कारण शनिबारबाट अनिवार्य अवकाशमा जाने भएपछि रिक्त स्थानमा कुँवरको बढुवा भएको हो। उनी वरीयतामा पहिलो नम्बरमा रहेका थिए।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्