नेपालमा अझै पनि खाना पकाउन ५१ प्रतिशत परिवारले दाउराको प्रयोग गर्छन् काठमाडौं, १० चैत। शुक्रबार सार्वजनिक गरिएको ‘राष्ट्रिय जनगणना,२०७८’ को नतिजाले देशका कुल परिवारमध्ये ५१ प्रतिशतले खाना पकाउन काठ÷दाउरा प्रयोग गर्ने गरेको देखाएको छ। खाना पकाउन अक्सर एलपी ग्याँस,बिजुली, गुईठा÷गोरहा, बायोग्याँस, मट्टितेल र अन्य इन्धन प्रयोग गर्ने परिवारको प्रतिशत क्रमशः ४४.३, ०.५, २.९, १.२, ०.०५ र ०.१ रहेको छ। अघिल्लो राष्ट्रिय जनगणना २०६८मा ६४प्रतिशतले खाना पकाउन दाउरा प्रयोग गरेको पाइएको थियो।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्