नेपालमा साढे ७५ लाखभन्दा बढी घर, आवासको लागि ७१.७ प्रतिशत प्रयोग काठमाडौं, १० चैत। नेपालमा ७५लाख ५२हजार ६६वटा घर रहेको पाइएको छ। राष्ट्रिय तथ्याङ्क कार्यालयले शुक्रबार सार्वजनिक गरेको ‘राष्ट्रिय जनगणना,२०७८’को अन्तिम नतिजामा तीमध्ये आवासको लागि ७१.७प्रतिशत प्रयोग भएको उल्लेख छ। यस्तै गोठ÷धन्सार÷मतान १०.१प्रतिशत, खाली घर ६.३प्रतिशत, अन्य ५.९प्रतिशत, व्यापार ३.१प्रतिशत, शैक्षिक १.१प्रतिशत, उद्योग÷कलकारखाना र संस्थागत÷सरकारी ०.४÷०.४प्रतिशत, होटल÷लज ०.३प्रतिशत, स्वास्थ्यजन्य ०.२प्रतिशत र बैंक तथा वित्तीय संस्थाको लागि ०.१प्रतिशत घर प्रयोग भएका छन्।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्