भारतीय कांग्रेसका नेता राहुल गान्धीको संसद सदस्यता खारेज नयाँदिल्ली, १० चैत। भारतीय कंग्रेसका नेता राहुल गान्धीको संसद सदस्यता खारेज गरिएको छ। चार वर्ष पुरानो एक मानहानी मुद्दामा दुई वर्ष जेल सजाय पाएको भोलिपल्ट शुक्रबार कांग्रेस नेता राहुल गान्धीको लोकसभा सदस्यता खारेज गरिएको हो। लोकसभा सचिवालयले एक सूचना प्रकाशित गरी उक्त जानकारी दिएको हो। सन् २०१९ मा उनले ‘कसरी सबै चोरको सरनेम मोदी भयो’ भन्ने अभिव्यत्ति दिएका थिए।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्