नेपालमा पछिल्लो दश वर्षमा १० वर्षभन्दा मुनिका ५४ हजारभन्दा बढी बालाबालिकाले गरे विवाह काठमाडौं, १० चैत। पछिल्लो १० वर्षमा नेपालमा दश वर्ष मुनिका ५४हजार ३४८बालबालिकाको विवाह भएको पाइएको छ। राष्ट्रिय तथ्याङ्क कार्यालयले शुक्रबार सार्वजनिक गरेको ‘राष्ट्रिय जनगणना, २०७८’को अन्तिम नतिजामा उक्त अवधिमा दश वर्ष मुनिका ८हजार ५७५जना बालक र ४५हजार ७७३जना बालिकाको विवाह भएको उल्लेख गरिएको छ। सो अवधिमा १०देखि१४ वर्षका ११लाख २५हजार २०५ र १५देखि१७ वर्षका ३५लाख ७५हजार ७७७जनाको विवाह भएको छ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्