नेपालमा परिवारको औसत आकार ४.३७ जना काठमाडौं, १० चैत। नेपालमा २०७८सालमा प्रति परिवार बसोबास गर्ने सदस्य औसतमा ४.३७जना रहेको छ। राष्ट्रिय तथ्याङ्क कार्यालयले शुक्रबार सार्वजनिक गरेको ‘राष्ट्रिय जनगणना,२०७८’को अन्तिम नतिजामा उक्त तथ्य प्रस्तुत गरिएको छ। अघिल्लो २०६८सालको जनगणनामा नेपालमा प्रति परिवार ४.८८जना रहेको पाइएको थियो।२०७८मा प्रति परिवार हिमाली क्षेत्रमा ४.३३, पहाडमा ३.९९ र तराई क्षेत्रमा ४.७३जना सदस्य रहेका छन्।परिवारको आकार रौतहट जिल्लामा सबैभन्दा बढी ५.९४जना छ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्