नेपालमा कुन उमेर समूहको जनसंख्या कति छ ? काठमाडौं, १० चैत। राष्ट्रिय तथ्याङ्क कार्यालयले शुक्रबार सार्वजनिक गरेको ‘राष्ट्रिय जनगणना, २०७८’को अन्तिम नतिजामा नेपालको जनसंख्या २करोड ९१लाख ६४हजार ५७८रहेको देखाइएको छ। कार्यालयका अनुसार जनसंख्याको ६१.९६प्रतिशत १५देखि ५९वर्ष उमेरका रहेका छन्। २०६८सालमा यो उमेर समूहका जनसंख्या ५६.९६प्रतिशत रहेको थियो। हाल १४वर्ष वा सो भन्दा कम उमेरका र ६०वर्ष वा सो भन्दा माथिल्लो उमेरका जनसंख्या क्रमशः २७.८३प्रतिशत र १०.२१प्रतिशत रहेको छ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्