नेपालको वार्षिक जनसंख्या वृद्धिदर घट्यो, झर्यो ०.९२ प्रतिशतमा नेपालको वार्षिक जनसंख्या वृद्धिदर घटेको पाइएको छ। राष्ट्रिय तथ्याङ्क कार्यालयले शुक्रबार सार्वजनिक गरेको ‘राष्ट्रिय जनगणना, २०७८’ को अन्तिम नतिजामा जनगणना अवधिको वार्षिक औषत जनसंख्या वृद्विदर ०.९२ प्रतिशत रहेको उल्लेख छ। यसअघिको २०६८ सालको जनगणनामा औषत जनसंख्या वृद्धिदर प्रतिवर्ष १.३५ प्रतिशत थियो। सबैभन्दा बढी बार्षिक औषत जनसंख्या वृद्धिदर भक्तपुरमा ३.३५ प्रतिशत र सबैभन्दा कम रामेछापमा माइनस १.६७ प्रतिशत रहेको छ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्