नेपालको साक्षरता दर १० प्रतिशतले वृद्धि, पुग्यो ७६.३ प्रतिशत काठमाडौं, १० चैत। नेपालको साक्षरता दर १० वर्षमा १० दशमलव ४ प्रतिशतले वृद्धि भएको छ। राष्ट्रिय तथ्याङ्क कार्यालयले शुक्रवार सार्वजनिक गरेको राष्ट्रिय जनगणना २०७८ का अनुसार नेपालको साक्षरता दर ७६.३ प्रतिशत पुगेको हो। पछिल्लो १० वर्षमा पुरुषको साक्षरता दर ८३.६ प्रतिशत र महिलाको ६९.४ प्रतिशत पुगेको कार्यालयले जनाएको छ। २०६८ को जनगणनाअनुसार कुल साक्षरता दर ६५.९ प्रतिशत थियो।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्