नेपालमा महिलाको नाममा घरजग्गा राख्ने क्रम बढ्यो काठमाडौं, १० चैत। नेपालमा महिलाको नाममा घरजग्गा राख्ने क्रम बढेको पाइएको छ। राष्ट्रिय तथ्याङ्क कार्यालयले शुक्रबार सार्वजनिक गरेको ‘राष्ट्रिय जनगणना, २०७८’ को नतिजामा हाल २३.८ प्रतिशत परिवारहरुमा महिलाको नाममा घर वा जग्गा वा घरजग्गा दुवै रहेको उल्लेख गरिएको छ। जनगणनाअनुसार परिवारमा ११.८ प्रतिशत महिलाको नाममा घर र जग्गा दुवै रहेको छ जुन २०६८ सालको तुलनामा १.१ प्रतिशतले बढी हो।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्