विदेशमा रहेका नेपालीको संख्या करिव २२ लाख काठमाडौं, १० चैत। हाल विदेशमा २१ लाख ९०हजार ५९२जना नेपाली रहेको पाइएको छ। राष्ट्रिय तथ्याङ्क कार्यालयले शुक्रबार सार्वजनिक गरेको ‘राष्ट्रिय जनगणना,२०७८’को नतिजामा १५लाख ५५हजार ९६१परिवारबाट उक्त संख्यामा नेपाली विदेश गएको उल्लेख छ। विदेशमा बसोबास गर्ने नेपालीमध्ये पुरुष १७लाख ९९हजार ६७५ (८२.२प्रतिशत) र महिला ३लाख ९०हजार ९१७ (१७.८प्रतिशत) रहेको छ। २०६८को जनगणनामा १९लाख २१हजार ४९४जना नेपाली विदेशमा बसोबास गरेको पाइएको थियो।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्