नेपालमा तेस्रो लिङ्गीको संख्या २९ सय २८, एक तिहाई बागमती प्रदेशमा बस्ने काठमाडौं, १० चैत। नेपालमा तेस्रे (अन्य) लिङ्गीको जनसंख्या २ हजार ९२८ रहेको छ। राष्ट्रिय तथ्याङ्क कार्यालयले शुक्रबार सार्वजनिक गरेको ‘राष्ट्रिय जनगणना २०७८’ को नतिजामा उक्त संख्यामा अन्य लिङ्गीको बसोबास नेपालमा रहेको उल्लेख छ। नेपालमा रहेका अन्य लिङ्गीको एक तिहाईको बसोबास बागमती प्रदेशमा रहेको जनाइएको छ। जनगणनाको नतिजाअनुसार नेपालको जनसंख्या २ करोड ९१ लाख ६४ हजार ५७८ रहेको छ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्