बेलायतको संसदले टिकटकमाथि लगायो प्रतिबन्ध लण्डन, १० चैत। बेलायतको संसदले चिनियाँ सामाजिक सञ्जाल टिकटकमाथि प्रतिबन्ध लगाउने निर्णय गरेको छ। यो निर्णयसँगै अब बेलायती संसदको वाईफाई नेटवर्कबाट टिकटिक प्रयोग गर्न सकिने छैन। सुरक्षाका कारण टिकटिकमाथि प्रतिबन्ध लगाइएको जनाइएको छ।आफ्नो मोबाइल डेटाबाट भने सांसदहरुले टिकटिक चलाउन पाउने छन्। टिकटिकले प्रयोगकर्ताको डेटा चीन सरकारलाई दिने आरोप बेलायतको छ।तर टिकटिक कम्पनीले भने डेटा चीन सरकारले नदिने बताउँदै आएको छ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्