पेन्सन पाउने उमेर बढाएपछि फ्रान्समा व्यापक प्रदर्शन, ८० जना पक्राउ पेरिस, १० चैत। फ्रान्स सरकारले पेन्सन पाउने उमेर बढाएर ६४ वर्ष कायम गरेपछि त्यसको विरोधमा राजधानी पेरिसमा व्यापाक प्रदर्शन भएको छ। प्रदर्शनकारीले बोर्दो टाउन हलमा आगलागी गरेका छन्। गृह मन्त्रालयका अनुसार पेरिसमा करिब १ लाख १९ हजार जना प्रदर्शनकारी सडकमा उत्रेर विरोध जनाएका थिए। प्रदर्शनकारीलाई नियन्त्रण गर्न प्रहरीले असुरग्याँस प्रहार गरेको थियो। देशभरबाट ८० जना प्रदर्शनकारीलाई पक्राउ गरिएको छ। (बीबीसी)
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्