सिंहदरबारस्थित पुरानो संसद भवनलाई रेट्रोफिट गर्न संसदीय समितिको निर्देशन काठमाडौं, ९ चैत। संसदीय समितिले सिंहदरबारस्थित रहेको पुरानो संसद भवनलाई रेट्रोफिट गरी मर्मत गर्न सरकारलाई निर्देशन दिएको छ। बिहीवार राष्ट्रिय सभा अन्तर्गतको प्रत्यायोजित व्यवस्थापन तथा सरकारी आश्वासन समितिको बैठकले निर्देशन दिएको हो। २०१६ सालमा निर्माण भएको सो संसद भवन भुकम्पका कारण क्षतिग्रस्त अवस्थामा रहेको छ। समितिले सो भवनलाई पुनःनिर्माण नगरी पुरानै अवस्थामा राखिराख्न रेट्रोफिट गर्न निर्देशन दिएको हो।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्