व्यापार घाटा कम गर्न नसके देशको अर्थतन्त्र चलायमान हुन सक्दैनः उपप्रधानमन्त्री श्रेष्ठ काठमाडौं, ९ चैत। उपप्रधान एवं भौतिक पूर्वाधार तथा यातायातमन्त्री नारायणकाजी श्रेष्ठले व्यापार घाटा कम गर्न नसकेसम्म अर्थतन्त्र चलायमान हुन नसक्ने बताएका छन्। बिहीवार नेपाल-इटली उद्योग वाणिज्य संघको कार्यक्रममा बोल्दै उनले देशमा सुशासन कायम गर्न नसके, पुँजिगत खर्च कार्यान्वयनको क्षमता वृद्धि गर्न नसके र व्यापार घाटा कम गर्न नसके समृद्धिको जतिसुकै नारा लगाएपनि देशको अर्थतन्त्र चलायमान हुन नसक्ने दाबी गरेका हुन्।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्