सरकारमा सम्मानजनक सहभागिता चाहिन्छः लोसपा काठमाडौं, ९ चैत। लोकतान्त्रिक समाजवादी पार्टी, नेपालले सत्ता गठबन्धनका दलहरुलाई सरकारमा सम्मानजनक सहभागिता गराउनुपर्ने बताएको छ। बिहीवार पार्टी केन्द्रिय कार्यालयमा बसेको केन्द्रिय कार्यकारिणी समितिको बैठकपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै पार्टीका वरिष्ठ नेता शरतसिंह भण्डारीले सरकारमा सहभागी हुने दलहरुलाई सम्मानजनक सहभागिता गराउनुपर्ने बताएका हुन्। आफ्नो पार्टी पनि सरकारमा सहभागी हुने र गठबन्धनलाई पाँच वर्ष नै टिकाएर लैजान भुमिका खेल्ने उनले बताए।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्