भारतमा जबर्जस्ती देह व्यापारमा लगाइएका १० नेपाली महिलाको उद्धार काठमाडौं, ९ चैत। मानव तस्करीको सिकार भइ जबर्जस्ती देह व्यापारमा लगाइएका १० महिलाहरुको उद्धार गरिएको छ। बिहीवार भारतको राजधानी दिल्लीको किशनगढ क्षेत्रमा फ्ल्याटमा राखेर यौन धन्धामा लगाइएका नेपालका विभिन्न जिल्लाका १० जना किशोरी तथा महिलाहरुलाई उद्धार गरिएको हो। उनीहरुलाई नेपाल प्रहरी, मानव बेचबिखन बिरुद्धको अनुसन्धान ब्युरो, नेपाली दुतावास, कीन इण्डिया, शक्ति समूह र दिल्ली पुलिसको संयुक्त प्रयासमा उद्धार गरिएको हो।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्