धान तथा चामलको आयात घट्यो, पछिल्लो आठ महिनामा २६ अर्बभन्दा बढीको भित्रियो काठमाडौं, ९ चैत। नेपालले पछिल्लो आठ महिनामा विभिन्न देशबाट २६अर्ब ६करोड ६९लाख ६१हजार रुपैयाँको धान तथा चामल आयात गरेको छ। भन्सार विभागका अनुसार २०७९ साउनदेखि फागुन मसान्तसम्मको अवधिमा उक्त मुल्यमा ५७करोड ५५लाख ९९हजार ९२२ केजी धान तथा चामल नेपाल भित्रिएको छ। अघिल्लो आर्थिक वर्ष २०७८/७९ को सोही अवधिमा नेपालले ३६अर्ब ७६करोड ५७लाख ५८हजार रुपैयाँको धान तथा चामल आयात गरेको थियो।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्