पत्रकारहरुको भौतिक सुरक्षाको लागि स्थायी प्रवृत्तिको पत्रकारिता विकास कोष स्थापना गर्ने प्रधानमन्त्रीको घोषणा काठमाडौं, ९ चैत। प्रधानमन्त्री पुष्पकमल दाहालले पत्रकार र सबै प्रकारका सञ्चार माध्यमहरुको पेशागत तथा भौतिक सुरक्षाको प्रत्याभुतिका लागि स्थायी प्रवृत्तिको पत्रकारिता विकास कोष स्थापना गर्ने घोषणा गरेका छन्। बिहीवार सामुदायिक रेडियो प्रशारक संघको कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो घोषणा गरेका हुन्। सम्पूर्ण पत्रकारहरुको स्वास्थ्य,दुर्घटना बीमा,साना लगानीमा सञ्चालित सञ्चारमाध्यको स्थायित्वको लागि स्थायी प्रवृत्तिको पत्रकारिता विकास कोष स्थापना गर्ने उनले जनाएका हुन्।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्