प्रधानमन्त्रीलाई जनता तर्साउने छुट छैनः कांग्रेस महामन्त्री थापा काठमाडौं, ९ चैत। नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले प्रधानमन्त्री पुष्पकमल दाहाललाई जनता तर्साउने छुट नरहेको बताएका छन्। बिहीवार एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले नागरिकलाई तर्साउन छोड्न समेत आग्रह गरे। ‘प्रधानमन्त्रीले दायाँ हरेपनि भोट, बायाँ हरेपनि भोट, मसँग १७२ छ, १७३ छ, ढुक्क छ भन्दै गयो भने टाउको टाउको मात्रै बाँकी रहन्छ, हामीलाई सुन्ने मान्छे बाँकी नरहन सक्छ,’ उनले भने।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्