नेपालको वैदेशिक व्यापारः आयात १९.१३ प्रतिशत र निर्यात २९.०७ प्रतिशतले घट्यो काठमाडौं, ९ चैत। चालु आर्थिक वर्ष २०७९/८० को आठ महिना (साउन–फागुन)मा नेपालको आयात १९.१३ र निर्यात २९.०७ प्रतिशतले घटेको छ। भन्सार विभागका अनुसार पछिल्लो आठ महिनामा नेपालले १० खर्ब ५८ अर्ब रुपैयाँको आयात र १ खर्ब ४ अर्ब रुपैयाँको निर्यात गरेको छ। अघिल्लो आर्थिक वर्षको सोही अवधिमा नेपालले १३ खर्ब ८अर्ब रुपैयाँको आयात र १खर्ब ४७अर्ब रुपैयाँको निर्यात गरेको थियो।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्