कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भू–भागमा हल्का वर्षाको सम्भावना काठमाडौं, ९ चैत। जल तथा मौसम विज्ञान विभागले आज कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भूभागका थोरै स्थानहरूमा मेघ गर्जनसहित हल्का वर्षाको सम्भावना रहेको जनाएको छ। त्यस्तै आज राति देशको पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदली रही बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहनेछ। राति कोशी र गण्डकी प्रदेशको पहाडी भूभागका एक÷दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको विभागले जनाएको छ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्