नेपाल–भारत सञ्चारमन्त्री बैठकः टेलिफोन महसुल घटाउने र नेपाली च्यानल भारतमा प्रसारण गर्ने विषयमा छलफल काठमाडौं, ८ चैत। नेपाल र भारतका सञ्चार मन्त्रीबीचको बैठक आज नयाँदिल्लीमा सम्पन्न भएको छ। बैठकमा सञ्चारमन्त्री रेखा शर्माले भारतीय समकक्षीसँग भारतबाट नेपालमा टेलिफोन गर्दा लाग्ने महसुल दर घटाउन आग्रह गरेकी थिइन्। यस्तै बैठकमा नेपाली टेलिभिजन च्यानल भारतमा सहजरुपमा प्रसारण गर्ने वातावरण बनाइदिन, नेपालमा अत्याधुनिक फिल्म छायाङ्कन स्टुडियो निर्माण गर्न, सूचना तथा प्रविधि शिक्षामा सहयोग गर्न उनले आग्रह गरेकी थिइन्।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्