नेपाल राष्ट्रिय कर्मचारी संगठनको बागमती प्रदेश अध्यक्षमा ढुंगाना काठमाडौं, ८ चैत। नेपाल राष्ट्रिय कर्मचारी संगठन (निजामती) को बागमती प्रदेश अध्यक्षमा श्रवण ढुंगाना निर्वाचित भएका छन्। बागमती प्रदेश समितिको दोश्रो अधिवेशनले पूर्वाधार विकाश कार्यालय, काभ्रेका लेखा अधिकृत ढुंगानाको अध्यक्षतामा नयाँ २१ सदस्यीय कार्यसमिति निर्वाचित गरेको हो। कार्यसमितिको उपाध्यक्षमा राजु अर्याल, कुण्डल बिक्रम बुढाथोकी,जयराम कार्की र सुस्मिता सापकोटा रहेका छन्।अधिवेशनको उद्घाटन संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री अमनलाल मोदीले गरेका थिए।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्