भीम रावलले प्रधानमन्त्री दाहालप्रति लक्षित गर्दै भने– जनताको मुख थुन्ने कुबुद्धि कसले सिकायो ? काठमाडौं, ८ चैत। नेकपा(एमाले)का नेता भीम रावलले प्रधानमन्त्री पुष्पकमल दाहालप्रति लक्षित गर्दै कटाक्ष गरेका छन्।रावलले सामाजिक सञ्जाल फेसबुकमा आज लेखेका छन्,‘जनताको मुख थुन्ने तथा देश,विदेशलाई हेर्ने आफ्नै विवेकको आँखा थुन्ने तर दलाल पूँजिपति र वाह्य हस्तक्षेपकारीहरूलाई देश,संस्कृति र राज्यमा दाईँ गर्न खुला छोड्ने!यस्तो कुबुद्धि कसले सिकायो?’मंगलबार एक कार्यक्रममा प्रधानमन्त्रीको विरोध गर्ने युवालाई प्रहरीले पक्राउ गरेपछि उनले यस्तो प्रतिक्रिया जनाएका हुन्।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्