सरकारले दियो कांग्रेस नेता भण्डारीलाई ५५ लाख आर्थिक सहायता काठमाडौं, ७ चैत। सरकारले नेपाली कांग्रेसका नेता तथा सांसद चन्द्रकान्त भण्डारीलाई आर्थिक सहायता स्वरुप ५५ लाख ८८हजार १६४ रुपैयाँ उपलब्ध गरेको छ। ग्यास लिक भई आगलागी हुँदा जलेर गम्भीर घाइते भएका भण्डारीलाई उपचारको लागि फागुनमा उक्त रकम उपलब्ध गरिएको हो। भण्डारीलाई थप उपचारका लागि एयर एम्बुलेन्स मार्फत भारत लैजाँदा लागेको सम्पूर्ण खर्च सरकारले व्योहर्ने फागुन ११गतेको मन्त्रिपरिषद्को बैठकले गरेको थियो।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्