वैदेशिक रोजगारीमा जान फागुनमा साढे ६१ हजारभन्दा बढीले लिए श्रम स्वीकृत काठमाडौं, ७ चैत। वैदेशिक रोजगारीमा जान फागुन महिनामा ६१ हजार ८४५ जनाले श्रम स्वीकृति लिएका छन्। वैदेशिकक रोजगार विभागबाट श्रम स्वीकृति लिनेमा ५६ हजार ७१९जना पुरुष र ५हजार १२६जना महिला रहेका छन्। विभागका अनुसार फागुनमा मलेसिया जान १९हजार ८२४, कतार जान ११हजार ३०३, युएई जान ९हजार ७९७, साउदी अरेबिया ९हजार ५०३ र कुवेत जान २हजार ४६२जनाले श्रम स्वीकृति लिएका छन्।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्