जसपा विधान अधिवेशन समितिको बैठक बस्दै काठमाडौं, ७ चैत। आज जनता समाजवादी पार्टी, नेपालको विधान अधिवेशन मुल व्यवस्थापन समितिको बैठक बस्दैछ । बैठक आज मध्यान्ह पार्टी केन्द्रिय कार्यालयमा बस्नेछ। बैठकमा विधान अधिवेशनको तयारी, आवश्यक उपसमिति गठनलगायतका विषयमा छलफल हुने जनाइएको छ। जसपाले यही चैत २७, २८ र २९ गते विधान अधिवेशन गर्ने निर्णय गरेको छ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्