प्रधानमन्त्री दाहालले पाए विश्वासको मत काठमाडौं, ६ चैत। प्रधानमन्त्री पुष्पकमल दाहालले विश्वासको मत पाएका छन्। आज उनले प्रतिनिधि सभामा विश्वासको मत लिएका हुन्। दाहालले प्रस्तुत गरेको विश्वासको मतको प्रस्तावमाथि प्रतिनिधि सभामा भएको मतदानमा पक्षमा १७२ र विपक्षमा ८९ मत परेको थियो। मतदानमा तटस्थ एक जना रहेका थिए। प्रतिनिधि सभामा आज २६२ जना सांसद उपस्थित रहेका थिए।एमाले र राप्रपाले सरकारबाट बाहिरिएपछि दाहालले विश्वासको मत लिएका हुन्।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्