उपप्रधानमन्त्री श्रेष्ठका अगाडि स्थानीयहरुबीच चर्काचर्की काठमाडौं, ३ चैत। उपप्रधान एवं भौतिक पूर्वाधार तथा यातायातमन्त्री नारायणकाजी श्रेष्ठलाई अगाडि राखेर स्थानीय जग्गा धनीहरुबीच विवाद भएको छ। शुक्रवार मन्त्री श्रेष्ठ मुलपानी सडक अनुगमनका क्रममा स्थानीय जग्गा धनीहरुबीच सडक मिचेर घर बनाइ सरकारसँग मुआब्जा लिएको भन्दै चर्काचर्की भएको हो। उनीहरुले सडकमा परेको घर मुआब्जा नदिई भत्काउन अदालतले आदेश नदिएकाले आफ्नो सम्पती नछोड्ने भन्दै मन्त्रीलाई गुनासो गरेका थिए।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्