चैत्र १० गतेसम्म सरकार बिस्तार हुन्छः प्रधानमन्त्री दाहाल काठमाडौं, ३ चैत। प्रधानमन्त्री पुष्पकमल दाहालले चैत १० गते सरकारले पूर्णता पाउने बताएका छन्। शुक्रवार लगानी बोर्डको बैठकपछि उनले आफूले चैत्र ६ गते विश्वासको मत लिने र त्यसको तीन÷चार दिनसम्ममा सरकारले पूर्णता पाउने बताएका हुन्। प्रधानमन्त्री दाहालले आज उपराष्ट्रपतिको निर्वाचनपछि सबै दलहरुसँग बसेर सत्ता बिस्तारको बारेमा छलफल गर्ने जनाए। सरकार बिस्तारमा कुनैपनि अफ्ठ्यारो नरहेको दाबी उनले गरे।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्