खेलकुद क्षेत्रको पूर्वाधार र खेलाडीको मनोबल बढाउन सरकार लाग्नुपर्छः राष्ट्रपति पौडेल काठमाडौं, ३ चैत। राष्ट्रपति रामचन्द्र पौडेलले खेलकुद क्षेत्रलाई उपेक्षा गर्नु नहुने बताएका छन्। आईसीसी लिग–२मा तेस्रो स्थानमा रहन सफल नेपाली राष्ट्रिय क्रिकेट टोलीलाई शुक्रवार शीतलनिवासमा बोलाएर बधाइ दिँदै सरकारले खेलकुदलाई उपेक्षित क्षेत्रमा राख्नु नहुने बताएका हुन्। नेपाली क्रिकेट टिमले राष्ट्रको इज्जत र गौरव बढाएको उनले जनाए। ‘देशको सान राख्न खेलकुद क्षेत्रको पूर्वाधार बढाउनुपर्छ, खेलाडीहरुको मनोबल बढाउन सरकारले लाग्नुपर्छ,’उनले भने।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्