प्रधानमन्त्रीले दिए कीर्तिपुरस्थित क्रिकेट मैदानमा तत्काल आधुनिक फ्लट लाइट र स्कोर बोर्ड जडान गर्न निर्देशन काठमाडौं, ३ चैत। प्रधानमन्त्री पुष्पकमल दाहालले कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा तत्काल आधुनिक फ्लट लाइट र स्कोर बोर्ड जडान गर्न निर्देशन दिएका छन्। उनले राष्ट्रिय खेलकुद परिषद्लाई निर्देशन दिएका हुन्। ‘सुविधासम्पन्न क्रिकेट रंगशाला निर्माण कार्य तिव्रताका साथ अघि बढाउन सरकारको तर्फबाट प्रयास भइरहेको छ। देशका विभिन्न ठाउँमा, अझ चितवनमा । त्यहाँ देखिएका समस्याहरुलाई हेरेर हामी अघि बढीरहेका छौं,’ उनले भने।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्