आईसीसी पुरुष क्रिकेट विश्वकप लिग–२ः नेपाल र यूएईको खेल सुरु, टस जितेर यूएई ब्याटिङ गर्दै काठमाडौं, २ चैत। आईसीसी पुरुष क्रिकेट विश्वकप लिग–२ अन्तर्गत त्रिकोणत्मक सिरिजमा आज नेपाल र युनाइटेड अरब इमिरेट्स (यूएई)बीचको खेल सुरु भएको छ। खेल कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा भइरहेको छ। टस जितेर यूएईले ब्याटिङ रोजेको छ। यो समाचार तयार पारुन्जेलसम्म निर्धारित ५० ओभरको खेलमा यूएईले १४.१ ओभरमा एक विकेट गुमाउँदै ८६ रन बनाउन सफल भएको छ।
प्रतिक्रिया दिनुहोस्