सर्वोच्च अदालतको आदेशप्रति प्रधानमन्त्री दाहालको टिप्पणी– हामी चिन्तित हुन पर्दैन तर सतर्क हुनुपर्छ
काठमाडौं, २९ फागुन। प्रधानमन्त्री पुष्पकमल दाहालले द्वन्द्वकालिन घटनालाई लिएर आफूमाथि परेको मुद्दामा सर्वोच्चले गरेको फैसलाबाट चिन्तित हुन नपर्ने बताएका छन्। उनले सोमबार राजधानीमा आयोजित एक कार्यक्रममा भने,‘अदालतको फैसला पनि शान्ति सम्झौता भन्दा बाहिर गएन त्यसको पक्षमा नै आयो।हामी चिन्तित हुन पर्दैन तर सतर्क हुनुपर्छ।’द्वन्द्व पीडितले दाहाललाई पक्राउ गरी अनुसन्धान गर्न भन्दै दिएको रिटमाथि सर्वोच्चले पक्राउ गर्न नपर्ने आदेश दिएको थियो।
प्रतिक्रिया दिनुहोस्
