मूल्यवृद्धि ७.८८ प्रतिशतले बढ्यो, सबैभन्दा बढी मूल्यवृद्धि गैर–खाद्य वस्तु तथा सेवामा काठमाडौं, २८ फागुन। नेपाल राष्ट्र बैंकले २०७९ माघ महिनामा वार्षिक बिन्दुगत उपभोक्ता मुद्रास्फीति ७.८८ प्रतिशत रहेको जनाएको छ। अघिल्लो वर्षको सोही महिनामा यस्तो मुद्रास्फीति ६.२४ प्रतिशत रहेको थियो। समीक्षा महिनामा खाद्य तथा पेय पदार्थ समूहको मुद्रास्फीति ६.१९ प्रतिशत र गैर–खाद्य तथा सेवा समूहको मुद्रास्फीति ९.२२ प्रतिशत रहेको छ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्