एमाले अध्यक्ष ओली र एकीकृत समाजवादीका अध्यक्ष नेपालबीच भेटवार्ता काठमाडौं, २४ फागुन। नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र नेकपा (एकीकृत समाजवादी)का अध्यष माधवकुमार नेपालबीच भेटवार्ता भएको छ। भाई सरोजकुमार उपाध्यायको मृत्युपछि अध्यक्ष नेपाल किरियापुत्री भवनमा रहेका थिए। सोही स्थानमा बुधबार दुई अध्यक्षबीच भेटवार्ता भएको हो। परिवारजनलाई समवेदन प्रकट गर्न अध्यक्ष ओली गएको बेला नेपालसँग भेटवार्ता भएको हो।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्