आज राति १२ बजेबाट राष्ट्रपति निर्वाचनको मौन अवधि सुरु, प्रचारप्रसार गर्न नपाइने काठमाडौं, २२ फागुन। फागुन २५ गते हुने राष्ट्रपति निर्वाचनको मौन अवधि आज राति १२ बजेबाट सुरु हुँदैछ। ‘राष्ट्रपतिको निर्वाचनका लागि आज फागुन २२ गते राति १२ बजेदेखि मतदानको दिन फागुन २५ गते मतदान केन्द्र बन्द नभएसम्म प्रचारप्रसार निषेधको अवधि कायम रहने व्यहोरा सम्बन्धित राजनीतिक दल, उम्मेदवार, मतदाता र सम्बद्ध सबैलाई अवगत गराइन्छ,’ निर्वाचन आयोगले आज जारी गरेको विज्ञप्तिमा उल्लेख छ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्