धान तथा चामलको आयात घट्यो, पछिल्लो सात महिनामा नेपाल भित्रियो २३ अर्ब ७० करोडभन्दा बढीको धान तथा चामल काठमाडौं, १९ फागुन। चालु आर्थिक वर्ष २०७९/८० को सात महिना(साउन–माघ)मा नेपालले २३अर्ब ७०करोड ८६लाख २३हजार रुपैयाँको धान तथा चामल आयात गरेको छ। भन्सार विभागका अनुसार अघिल्लो वर्ष सोही अवधिमा नेपालले ३२अर्ब ३८करोड ७७लाख ६५हजार रुपैयाँको धान तथा चामल आयात गरेको थियो। पछिल्लो सात महिनामा नेपालले १३अर्ब ४करोड ७८लाख ४०हजारको धान र १०अर्ब ६६करोड ७लाख ८४हजार रुपैयाँको चामल निर्यात गरेको छ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्