शाहरुख र दीपिकाको ‘पठान’ले २२ दिनमा भारतमा कमायो पाँच सय करोड नयाँदिल्ली, ४ फागुन। शाहरुख खान र दीपिका पादूकोण अभिनित चलचित्र ‘पठान’ले भारतमा ५ सय करोड भारतीय रुपैयाँभन्दा बढी कमाई गरेको छ। पठानले रिलिज भएको २२औं दिनमा उक्त कमाई गरेको हो। भारतमा हिन्दी, तमिल र तेलुगु भाषामा चलचित्र रिलिज गरिएको थियो। हिन्दी भाषाकोले ४८४.८५ करोड र तमिल र तेलुगु भाषाकोले १७.६० करोड गरी कुल ५०२.४५करोड भारतीय रुपैयाँ पठानले आर्जन गरेको छ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्