निर्मला कुर्मीलाई न्याय दिने सरकारसँगको सहमतिपछि आन्दोलनरत महिला अधिकारकर्मीको आन्दोलन स्थगित काठमाडौं, ३ फागुन। निर्मला कुर्मीलाई न्याय दिलाउन ४८ दिनदेखि आन्दोलनरत महिला अधिकारकर्मीहरुले तत्कालका लागि आन्दोलन स्थगित गरेका छन्। कुर्मीको हत्यारालाई कारबाहीको माग गर्दै काठमाडौंको माईतीघरमा आन्दोलन गर्दै आएका उनीहरुले मंगलवार राज्यसँग ३ बुँदे सहमति गरेपछि आजबाट आन्दोलन स्थगित गरेका हुन्। विशेष अनुसन्धान टोली गठन गरी दोषीमाथि मुद्दा चलाउने सहमति सरकारसँग भएको छ।
प्रतिक्रिया दिनुहोस्