ट्रायल परिक्षामा ७० नम्बर ल्याउनेलाई लाइसेन्स दिनु हुँदैनः राजेन्द्रप्रसाद पाण्डे
काठमाडौं, ३ फागुन। सांसद राजेन्द्रप्रसाद पाण्डेले सवारीचालक अनुमतिपत्र परीक्षा सञ्चालन कार्यविधि निर्देशिका,२०७७ गलत भएको बताएका छन। बुधवार प्रतिनिधि सभा बैठकमा बोल्दै उनले ट्रायल परिक्षामा ७०नम्बर ल्याउनेलाई लाइसेन्स दिने व्यवस्था गलत भएको जनाए। उनले भने,‘अब नेपालका लाइसेन्सहरु दुई खालका हुनेभए। त्यसो हुनाले यो सरासर गलत छ।’ ठूला सवारीसाधनले १०० र सानाले ७० नम्बर ल्याए पासहुने व्यवस्था गर्न नहुने उनले जनाए।
प्रतिक्रिया दिनुहोस्
