‘शक्ति राष्ट्रहरुबीच नेपालमा आफ्नो अनुुकूलको मान्छे राष्ट्रपति बनाउन प्रतिस्पर्धा’
काठमाडौं, ३ फागुन। राष्ट्रिय जनमोर्चाका सांसद चित्रबहादुर केसीले यसपटक शक्ति राष्ट्रहरुले राष्ट्रपतिको चुनावमा प्रत्यक्ष रुपमा भुमिका खेलेको आरोप लगाएका छन्। ‘शक्ति राष्ट्रहरुबीच राष्ट्रपतिको चुनावमा अहिले प्रत्यक्ष नै आफ्नो अनुुकूल मान्छे राष्ट्रपति बनाउने खेल भइरहेको छ, यसले नेपालको स्वाभिमान नेपालको राष्ट्रियता र सार्वभौम अखण्डतामाथि दखल भइरहेको छ,’बुधबार संसद बैठकमा उनले भने। सांसद केसीले नेपालमा गणतन्त्रमाथिको खतरा गणतन्त्र पक्षधरहरुबाट नै रहेको बताए।
प्रतिक्रिया दिनुहोस्
