प्रधानमन्त्री, मन्त्री, शिर्ष नेताहरुलाई चित्रबहादुर केसीको प्रश्न– भारतको एउटा कर्मचारी आउँदा किन लम्पसार परेको ? काठमाडौं, ३ फागुन। राष्ट्रिय जनमोर्चाका सांसद चित्रबहादुर केसीले भारतका विदेश सचिवको सामु नेपालका प्रधानमन्त्री, मन्त्री र शिर्ष नेताहरु लम्पसार परेको आरोप लगाएका छन्। उनले बुधबार संसद बैठकमा भने, ‘छिमेकका कर्मचारी आउँदा नेपालका राष्ट्र प्रमुख, सरकारप्रमुख, विभिन्न तहका मानिसहरु किन यसरी विदेशीहरुको अघि लम्पसार परिरहेका छन्?’ लम्पसार परेर उनीहरुको आशिर्वादबाट आफ्नो दुनो सोज्याउने काम भइरहेको उनले जनाए।
प्रतिक्रिया दिनुहोस्