नेमकिपाका सांसद प्रेम सुवालको प्रश्न– देशको सुरक्षा परनिर्भर बनाउनु जनयुद्धको उपलब्धि हो? काठमाडौं, ३ फागुन। नेपाल मजदुर किसान पार्टी (नेमकिपा)का सांसद प्रेम सुवालले सरकारले फागुन १ गते जनयुद्ध दिवसको बिदा दिएकोप्रति विरोध जनाएका छन्। बुधबार प्रतिनिधि सभा बैठमा उनले भने, ‘संविधानमा जनयुद्ध शब्द कतै लेखिएको छैन, तर सरकारले जनयुद्ध दिवसमा बिदा दियो। जनयुद्ध दिवसको उपलब्धि के हो? कृषि, स्वास्थ्य, रोजगारी, शिक्षा, ऊर्जा, देशको सुरक्षा परनिर्भर बनाउनु जनयुद्धको उपलब्धि हो र?’
प्रतिक्रिया दिनुहोस्