चोलेन्द्र शमशेर जबरामाथि लागेको महाअभियोग अनिर्णित हुनु विधि विहिनताको पराकाष्टा
काठमाडौं, ३ फागुन। नेपाली कांग्रेसका सांसद अर्जुननरसिंह केसीले सर्वोच्च अदालतमा प्रधानन्यायाधीश सिफारिस प्रक्रिया अगाडी बढाउन सरकारको ध्यानाकर्षण गराएका छन्। बुधवारको प्रतिनिधि सभा बैठकमा बोल्दै उनले सर्वोच्च अदालत कायममुकायमको नेतृत्वमा हुँदा यसले अदालतमा मनोवैज्ञानिक र संस्थागत असर गर्ने बताए। ‘कसैलाई पनि कानूनले दिनुपर्ने अन्तिम निर्णय नदिएर तरबार झुण्ड्याएर राख्ने र निर्णय विहिनता विधि विहिनताको पराकाष्टा हो। संविधानवादको उपहास हो,’ उनले भने।
प्रतिक्रिया दिनुहोस्
